२०८३ बैशाख ४ गते , शुक्रबार

रुसमा ४९ जना सवार अंगारा एयरको विमान बेपत्ता

sajilo news
एजेन्सी
२०८२ श्रावण ८ गते , विहीबार
रुसमा ४९ जना सवार अंगारा एयरको विमान बेपत्ता

रुसको सुदूर पूर्वी क्षेत्रमा बिहीबार करिब ४९ जना सवार एक यात्रुवाहक विमान बेपत्ता भएको छ। साइबेरियाको अंगारा एयरलाइन्सद्वारा सञ्चालित एन–२४ यात्रुवाहक विमान बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ। 

विमान अमुर क्षेत्रको टिन्डा सहर तर्फ जाँदै गर्दा राडारबाट गायब भएको जनाइएको छ। यो क्षेत्र चीनसँग सीमा जोडिएको छ।   अहिलेसम्म प्राप्त जानकारी अनुसार विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु थिए। यसबाहेक विमानमा ६ जना चालक दलका सदस्य पनि थिए।  

अमुर क्षेत्रका गभर्नर भासिली ओर्लोभले विमान खोज्न सबै आवश्यक स्रोतहरू परिचालन गरिएको बताए। उनका अनुसार आपतकालीन मन्त्रालय र अन्य उद्धार एजेन्सी खोजी कार्यमा संलग्न छन्।  

सम्बन्धित समाचार