२०८३ बैशाख ४ गते , शुक्रबार

बाबाधाम जाँदै गरेको बस र ट्रक एकापसमा ठोक्किँदा १८ जना श्रद्धालुको मृत्यु

sajilo news
एजेन्सी
२०८२ श्रावण १३ गते , मंगलबार
बाबाधाम जाँदै गरेको बस र ट्रक एकापसमा ठोक्किँदा १८ जना श्रद्धालुको मृत्यु

भारत झारखण्ड राज्यको देवघरमा  मंगलबार बिहान ठूलो सवारी दुर्घटना भएको छ । मोहनपुर प्रखंड अन्तर्गत जमुनिया चौक नजिक हंसडीहा सडकखण्डमा कावड यात्री बोकेको बस र ट्रक एकआपसमा ठोक्किँदा १८ जना श्रद्धालुको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।

घटनापछि घाइतेहरुलाई नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनास्थलमा प्रहरी र प्रशासनको टोली पुगेर उद्धार तथा राहत कार्य जारी राखेको छ । बसमा सवार श्रद्धालुहरू बाबा बैद्यनाथ मन्दिर (बाबाधाम)मा पूजा गर्न जाँदै थिए ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटना बस चालकलाई निद्रा लागेका कारण भएको बताइएको छ । सदर एसडिओ रवि कुमारका अनुसार बिहान करिब ४ देखि ५ बजेको बीचमा देवघरबाट बासुकीनाथ जाँदै गरेको ३२ सिटर बस अनियन्त्रित भइ ट्रकसँग ठोक्किएको र त्यसपछि इटाको थुप्रोमा ठोक्किँदै दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको पहिचान प्रक्रिया जारी छ भने अवस्था गम्भीर रहेका केही घाइतेहरुको उपचार भइहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 


 

सम्बन्धित समाचार