२०८३ बैशाख १० गते , विहीबार

४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोडकी टिकामाया पक्राउ

sajilo news
झापा
२०८२ श्रावण १५ गते , विहीबार
४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोडकी टिकामाया पक्राउ

झापामा महिलाले महिलालाई नै लाखौँ रकम ठगी गरेको अर्को घटना सार्वजनिक भएको छ । ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोड- ५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको हो ।  काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।

बिर्तामोड- ५ बस्ने बोलीकुमारी नेम्बाङले ४५ लाख ३३ हजार ७५०रुपैयाँको बिगोसहित लिम्बूविरुद्ध ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार