२०८३ बैशाख ४ गते , शुक्रबार

अमेरिकी नौसेनाको विमान क्यालिफोर्नियामा दुर्घटना

sajilo news
एजेन्सी
२०८२ श्रावण १५ गते , विहीबार
अमेरिकी नौसेनाको विमान क्यालिफोर्नियामा दुर्घटना

अमेरिकी नौसेनाको एक एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको केन्द्रीय क्षेत्रमा अवस्थित नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार दुर्घटना भएको छ। नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार​विमान साँझ ६:३० बजे तिर दुर्घटनाग्रस्त भएको हो।

पाइलट प्याराशुटको सहायताले बाहिर निस्कन सफल भएका छन्। दुर्घटनाको कारण हाल अनुसन्धानमा रहेको बताइएको छ।  यो क्षेत्र खेतबारीले ढाकिएको खुला मैदान हो जुन फ्रेस्नो सहरबाट करिब ४० माइल (६४ किलोमिटर) दक्षिण-पश्चिमतिर पर्छ।

करीब १०० मिलियन अमेरिकी डलर मूल्य पर्ने यस लडाकु विमानको यो वर्षको दोस्रो दुर्घटना हो। यसअघि जनवरीमा अलास्काको एलसन एअर फोर्स बेसमा एफ-३५ विमान दुर्घटना भएको थियो, जसमा पनि पाइलट सकुशल निस्किन सफल भएका थिए।

एफ-३५ पाँचौं पुस्ताको लडाकु विमान हो र यो अमेरिकी सेनाको अत्याधुनिक युद्धक विमानहरूमध्ये एक मानिन्छ। लकहिड मार्टिन कम्पनीद्वारा निर्मित यस विमानमा उन्नत स्टेल्थ क्षमता र लडाइँ कौशल रहेको छ। विश्वभर १७ भन्दा बढी देशहरू यस कार्यक्रमको हिस्सा छन्। यद्यपि, पछिल्लो केही वर्षयता यस विमानको मर्मतसम्भार र तयारीसम्बन्धी समस्याहरूको कारण आलोचना भइरहेको छ।

सम्बन्धित समाचार