२०८३ बैशाख ४ गते , शुक्रबार
अमेरिकाको एउटा बारमा गोली प्रहार, चारजनाको मृत्यु
अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन् । यो घटना शुक्रबार मोन्टानाको एक बारमा भएको हो । प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ । जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ ।
जाँचको नेतृत्व गरिरहेको मोन्टाना अपराधिक जाँच विभागका अनुसार गोली प्रहार स्थानीय समय अनुसार शुक्रबार बिहान साढे १० बजे एनाकोन्डा द आउल बारमा भएको हो । घटनास्थलमै चार जनाको मृत्यु भएको छ ।
सार्वजनिक रेकर्ड अनुसार संदिग्धको पहिचान गरिएको छ । ४५ वर्षीय माइकल पाउल ब्राउनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनी बारकै छेउमा बस्दै आएका थिए । सुरक्षा अधिकारीका अनुसार एक स्वाट टिमले उनको घरको तलासी गरेको छ ।