२०८३ बैशाख ४ गते , शुक्रबार

यमनमा डुङ्गा दुर्घटना, ५० जनाभन्दा बढी आप्रवासीको मृत्यु

sajilo news
एजेन्सी
२०८२ श्रावण १९ गते , सोमबार
यमनमा डुङ्गा दुर्घटना, ५० जनाभन्दा बढी आप्रवासीको मृत्यु

यमनको तटमा खराब मौसमका कारण करिब १५० जना आप्रवासी सवार डुङ्गा पल्टिएको छ। डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना यमनको दक्षिणी प्रान्त अब्यान नजिकै भएको हो। अब्यान सुरक्षा निर्देशनालयले विज्ञप्तिमा तटीय क्षेत्रको ठुलो भागमा धेरै शव बरामद गरिएको छ र खोजी कार्य जारी रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)का अनुसार मृत्यु हुनेमा अधिकांश इथियोपियाली नागरिक छन्। आईओएमले यो घटनालाई हृदयविदारक भनेको छ।अफ्रिकाको हर्नबाट खाडी जाने आप्रवासीहरूका लागि यमन एक प्रमुख मार्ग हो।

सम्बन्धित समाचार