२०८३ बैशाख १० गते , विहीबार

इलाममा आमा-छोराको एकैदिन मृत्यु

sajilo news
इलाम
२०८२ श्रावण २० गते , मंगलबार
इलाममा आमा-छोराको एकैदिन मृत्यु

इलाममा आमा छोराको एकैदिन मृत्यु भएको छ । आमाको लडेर मृत्यु भएको हो भने छोराले झुन्डिएर आत्महत्या गरेका छन् । आज बिहान ६ः३० बजे इलाम सन्दकपुर–४ सोमबारे बस्ने ओमभक्त सिवाकी श्रीमती ५७ वर्षीया मनमाया सिवा आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिण बाटोमा उत्तानो परी मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी माबुबाट प्रहरी नायव निरीक्षक वेदबहादुर खड्काको टोली खटिएको थियो । मृतकमा बाहिरी चोट देखिएको छैन । उनले मादक पदार्थ सेवन गर्ने गरेकी थिइन् ।रुघा मर्कीको बिरामी भई धामीकोमा जाँदै गर्दा मृत फेला परेको बुझिएको छ ।

त्यस्तै आज दिउँसो अन्दाजी १२ः१५ बजे मनमायाका छोरा सन्दकपुर ४ घर भई इलाम नगरपालिका –७ नवीन चौकस्थित विष्णु के.सी.को घरमा भाडा लिई बसेका ३३ वर्षीय कमल सिवाले झुन्डिएर आत्महत्या गरेका छन् । घर कोठामा कोही नभएको समयमा कोठा बन्द गरी छानाको काठको बलोमा प्लास्टिकको डोरीको पासो लगाई उनी झुन्डिएका हुन् । जिल्ला प्रहरी कार्यालय इलाममा खबर प्राप्त हुनसाथ अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमान्डमा प्रहरी टोली खटिएको थियो । दुवै लाशको कानुनी प्रक्रिया पुरा भएर शव जिल्ला अस्पताल इलाम पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार