२०८३ बैशाख १० गते , विहीबार
अर्जुनधारामा तीन युवा ब्राउन सुगरसहित पक्राउ
झापाको अर्जुनधारामा तीनजना युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट टोली खटिएको थियो । सो टोलीले अर्जुनधारा वडा नं। ३ बस्ने १८ वर्षीय जीवन चौलागाई ,वडा नं। ४ बस्ने २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरी र वडा नं।७ बस्ने ३२ वर्षीय विजय मगरलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ४०० मिलिग्राम ब्राउन सुगर , नगद १५ हजार ९२० र दुईवटा मोबाइल बरामद भएको छ । तीन जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।