२०८३ बैशाख ४ गते , शुक्रबार
बंगलादेशको राष्ट्रिय चुनाव फेब्रुअरी २०२६ मा
बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन्। फेब्रुअरी २०२६ मा आम चुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाएका हुन्। जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधनमा युनुसले उक्त घोषणा गरे।
रमजान महिना अर्को वर्ष फेब्रुअरी १७ वा फेब्रुअरी १८ मा शुरु हुने तय भएको छ। बंगलादेशी अर्थशास्त्री युनुसले गत वर्ष अगस्ट ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए। बंगलादेशी राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अगस्ट ६, २०२४ मा संसद भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो।