२०८३ बैशाख ४ गते , शुक्रबार

गाजामा हमास सिध्याउने गरी कारबाही गर्न इजरायली सेनालाई आदेश

sajilo news
एजेन्सी
२०८२ श्रावण २३ गते , शुक्रबार
गाजामा हमास सिध्याउने गरी कारबाही गर्न इजरायली सेनालाई आदेश

इजरायलको सुरक्षा क्याबिनेटले गाजा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रस्तावलाई स्वीकृति दिएको छ। इजरायलको यो निर्णयले झण्डै तीन वर्षको युद्धले आक्रान्त बनेको गाजामा थप क्रुरता फैलिन सक्ने आशंका गरिएको छ। 

नेतन्याहुको कार्यालयले यस निर्णयलाई सार्वजनिक नगरेको भए पनि एक्जिओस समाचार सञ्जालले यसबारे खुलासा गरेको हो। रिपोर्ट अनुसार, इजरायली सुरक्षा क्याबिनेटले हमासलाई सिध्याउने गरी गाजामा सैन्य कारबाहीको तयारी गर्न इजरायली सेनालाई आदेश दिएको छ। 

अल जजीराका अनुसार गाजा कब्जा गर्ने लामो योजनाअनुसार नै सुरक्षा क्याबिनेटले यस्तो प्रस्तावलाई स्वीकृति दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नेतन्याहूको यो योजनालाई समर्थन गरेको ठानिएको छ। सन् २०२३ को सेप्टेम्बरबाट इजरायलले गाजामा जारी राखेको आक्रमणमा झण्डै ६२ हजार मानिस मारिएका छन्। 

अहिले त्यहाँ चरम भोकमरीको अवस्था रहेको छ। इजरायलले थल तथा हवाई आक्रमण गरेर दै​निकजसो दर्जनौँ मानिसको ज्यान लिइरहेको छ। अहिले भने गाजा कब्जा नै गर्ने गरी आक्रमण शुरु गर्ने तयारी गरेसँगै मानवीय हताहती थप बढ्ने भन्दै विभिन्न देशले चिन्ता व्यक्त गर्न थालेका छन्।

सम्बन्धित समाचार