बजगाईँको नेतृत्वमा हल्दीबारीमा रास्वपाको गाउँ कमिटी गठन
हल्दीबारी । हल्दीबारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गाउँ कमिटी गठन गरिएको छ। शुक्रबार पार्टीका ज्येष्ठ सदस्य भवानी प्रसाद बजगाईँको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय समिति चयन गरेको हो।
पार्टीका जिल्ला सदस्य डिल्ली न्यौपानेका अनुसार हल्दीबारी–५ का ओमराज राई सभापतिमा चयन भएका छन्। बैठकले पार्टीको नीति तथा कार्यक्रमअनुसार यही साउन २७ गते मङ्गलवारदेखि हस्ताक्षर अभियान मङ्गलवारे बजारबाट सुरु गर्ने निर्णय गरेको छ।
नव सभापति राई अघिल्लो समयमा हल्दीबारी राप्रपाका ‘चार खम्मा’ मध्ये एकका रूपमा चिनिन्थे। उनको नेतृत्वमा राप्रपाका १०० भन्दा बढी सदस्यले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरिसकेको गत स्थानीय तह निर्वाचनमा राप्रपाबाट वडा सदस्यका उम्मेदवार बनेका राप्रपा गाउँ कमिटी सदस्य केशव बजगाईँ ले जानकारी दिए । उनी पनि राप्रपा परित्याग गरी नवगठित समितिमा सदस्य बनेका छन्।