२०८३ बैशाख ४ गते , शुक्रबार

उत्तराखण्डको बाढीसँगै सम्पर्कविहीन भएका १३ नेपालीको जिवितै उद्धार

sajilo news
झापा
२०८२ श्रावण २४ गते , शनिबार
उत्तराखण्डको बाढीसँगै सम्पर्कविहीन भएका १३ नेपालीको जिवितै उद्धार

भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै आएको भीषण बाढीले सम्पर्कविहीन रहेका १३ नेपाली नागरिकहरूको जिवितै उद्धार गरिएको छ। 

भारतस्थित नेपाली दूतावासले हराइरहेका भनिएका १३ जना नेपालीको उद्धार भएको पुष्टि गरेको हो। उत्तराखण्डको स्थानीय प्रशासनले उपलब्ध गराइएको सूची दूतावासले शनिबार सार्वजनिक गरेको हो ।

 दूतावासका अनुसार उद्धार गरिएका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याइएको छ। बाढीले सैलाबले धराली बजार पूर्ण रूपमा ध्वस्त पारेको छ। बजार क्षेत्रका धेरै होटल र पसलहरू बगाइसकेका छन्। अहिले पनि राहत तथा बचाउ कार्य जारी रहेको छ । 

सम्बन्धित समाचार