२०८३ बैशाख ४ गते , शुक्रबार

दिल्ली प्रहरीले किन पक्राउ गर्‍यो राहुल गान्धीसहित विपक्षी सांसदलाई ?

sajilo news
एजेन्सी
२०८२ श्रावण २६ गते , सोमबार
दिल्ली प्रहरीले किन पक्राउ गर्‍यो राहुल गान्धीसहित विपक्षी सांसदलाई ?

भारतको संसददेखि निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका विपक्षी सांसदलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। मार्चको नेतृत्व लोकसभाका विपक्षी नेता राहुल गान्धीले गरेका थिए। यसअघि यातायात भवन नजिकै प्रहरीले अवरोध गर्दा रोकिएपछि सबै सांसद धर्नामा बसेर नाराबाजी गर्न थालेका थिए।

हिरासतमा लिएपछि राहुल गान्धीले भने, ‘वास्तवमा हामी बोल्न सक्दैनौँ, यो सत्य हो। यो लडाई राजनीतिक होइन। यो संविधान बचाउने लडाई हो। यो एक व्यक्ति एक मतको लडाई हो। त्यसैले हामी स्वच्छ मतदाता सूची चाहन्छौँ।’

विरोध र्‍यालीमा राहुल गान्धी, प्रियंका गान्धी, डिम्पल यादव, महुआ माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपाललगायत धेरै विपक्षी सांसद सहभागी थिए।

सम्बन्धित समाचार