२०८३ बैशाख १० गते , विहीबार
मलद्वारभित्र ब्राउनसुगर ल्याउने भद्रपुरका पौडेल पक्राउ
भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-७ गार्मेन्ट चोकका २९ वर्षीय सागर पौडेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी अनुसार आज दिउँसो ५:४० बजेको समयमा सीमा नाका भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मे ७ प २८९१ नम्बरको मोटरसाइकल चालक पौडेललाई शंका लागी चेकजाँच गरेका थिए ।
चेकजाँचको क्रममा मलद्वारभित्र लुकाइछिपाई ल्याउँदै गरेको ५ ग्राम ७ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाही का लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।