२०८३ बैशाख ४ गते , शुक्रबार

जबरजस्ती करणी गरी बालिकालाई गर्भवती बनाउने गौरादहका राई पक्राउ

sajilo news
झापा
२०८२ श्रावण २८ गते , बुधबार
जबरजस्ती करणी गरी बालिकालाई गर्भवती बनाउने गौरादहका राई पक्राउ

झापाको गौरादहमा जबरजस्ती करणी गरी बालिकालाई गर्भवती बनाई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–९ झमकचोकका ५० वर्षीय डिकबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।गत २०८१ माघ महिनाको पहिलो साता राईले १६ वर्षीया बालिकालाई डर–त्रास देखाई करणी गरी गर्भवती बनाएको उजुरीपछि उनी फरार रहेका थिए । बालिकाको गर्भमा ७ महिनाको बच्चा हुर्किरहेको पारिवारिक स्रोतले जनाएको छ ।

२०८२ जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा घटनाबारे जानकारी गराएपछि जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाँदा आज शिवसताक्षी नगरपालिका–६ शिवगञ्जबाट राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणीको अभियोगमा जिल्ला अदालत झापामा पेस गरिएको छ । अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यो पनि पढनुहोस् ।

झापामा जबरजस्ती करणीबाट एक बालिकाको पेटमा ७ महिनाको बच्चा, आरोपी फरार

सम्बन्धित समाचार