२०८३ बैशाख ४ गते , शुक्रबार

पाकिस्तानको स्वतन्त्रता दिवस : सीमामा परिचालन गर्न नयाँ रकेट फोर्स बनाउने

sajilo news
एजेन्सी
२०८२ श्रावण २९ गते , विहीबार
पाकिस्तानको स्वतन्त्रता दिवस : सीमामा परिचालन गर्न नयाँ रकेट फोर्स बनाउने

पाकिस्तानले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ आर्मी रकेट फोर्स कमाण्ड निर्माण गर्ने घोषणा गरेको छ।इस्लामावादस्थित जिन्ना ग्राउण्डमा आयोजित स्वतन्त्रता दिवस समारोहमा प्रधानमन्त्री शहबाज शरीफले नयाँ फोर्स कमाण्डको घोषणा गरेका हुन्।  अत्याधुनिक प्रविधिसम्पन्न रकेट फोर्स देशका हरेक दिशामा परिचालन हुने र दुश्मनमाथि निशाना लगाउन सक्षम हुने प्रधानमन्त्री शरीफले बताए। यो फोर्स परम्परागत युद्ध क्षमतालाई अझै मजबुत बनाउन कोशेढुंगा सावित हुने उनको दाबी छ। 

यसैबीच शरीफले कश्मीर मुद्दा सुल्झाउन र युद्धविराममा सहयोग गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे। साथै उनले संयुक्त राष्ट्र संघको प्रस्ताव तथा स्थायी शान्तिको योजनामा ट्रम्पले थप सहयोग गर्ने अपेक्षा गरेको बीबीसीले जनाएको छ। 

भारतले भने कश्मीर युद्धविरामका लागि ट्रम्पले कुनै भूमिका नखेलेको दाबी गर्दै आएको छ। पाकिस्तानले आज विभिन्न कार्यक्रम गरी आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ।

सम्बन्धित समाचार