२०८३ बैशाख ४ गते , शुक्रबार

भारतको जम्मू कश्मीरमा बादल फुट्दा १७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ श्रावण २९ गते , विहीबार
भारतको जम्मू कश्मीरमा बादल फुट्दा १७ जनाको मृत्यु

बिहीबार जम्मू कश्मीरको किश्तवाडमा रहेको मचैल माता मन्दिर नजिकै प्रकृतिले विनाश मच्चाएको छ। यहाँ बादल फुट्दा १७ जनाको मृत्यु भएको छ। यस्तै अहिलेसम्म ५० जनाको उद्धार गरिएको छ।

दुर्घटना हिमालयमा अवस्थित माता चण्डी मन्दिरको यात्राको क्रममा चिशोती क्षेत्रमा भएको हो। घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको र ठुलो मात्रामा अपरेशन सुरु गरिएको छ।

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चिशोटीमा भएको घटनाले ठुलो मानवीय क्षति हुन सक्ने बताए। उनले प्रशासन तुरुन्तै सक्रिय भएको र उद्धार टोली घटनास्थलमा पठाइएको बताए।

सम्बन्धित समाचार