२०८३ बैशाख ४ गते , शुक्रबार

आज भारतले ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै

sajilo news
एजेन्सी
२०८२ श्रावण ३० गते , शुक्रबार
आज भारतले ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदैछ। अगस्ट १५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएर राष्ट्रलाई सम्बोधन गरेका छन्।

प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाको प्राचिरबाट स्वतन्त्रता दिवसलाई सम्बोधन गरेका हुन्।   यस पटक देशभरका २६ राज्य र केन्द्र शासित प्रदेशबाट छनोट गरिएका ८५ गाउँका सरपञ्चलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ।

लाल किल्ला र वरपर बहुस्तरीय सुरक्षा व्यवस्था मिलाइएको छ। ११ हजारभन्दा बढी सुरक्षाकर्मी र तीन हजार ट्राफिक प्रहरी तैनाथ गरिनेछ।स्नाइपरसँगै, एन्टी–ड्रोन युनिट, सीसीटीभी क्यामेरा, अनुहार पहिचान प्रणाली, स्वचालित नम्बर प्लेट पहिचान र सवारी साधन मुनि निगरानी प्रणाली पनि तैनाथ गरिएको छ।

लाल किल्ला अघि प्रधानमन्त्री नरेन्द्र मोदी राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मोदीले स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई दिए।

सम्बन्धित समाचार