२०८३ बैशाख ४ गते , शुक्रबार

पाकिस्तानको बाढी-पहिरोबाट कम्तिमा ३३७ मानिसको मृत्यु, अझै हराइरहेछन् २०० भन्दा बढी

sajilo news
एजेन्सी
२०८२ भाद्र २ गते , सोमबार
पाकिस्तानको बाढी-पहिरोबाट कम्तिमा ३३७ मानिसको मृत्यु, अझै हराइरहेछन् २०० भन्दा बढी

पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा बाढी- पहिरोका कारण अझै २०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन्। बाढी-पहिराेका कारण ३३७ मानिसको मृत्यु भइसकेको छ।

खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा ठूलो संख्यामा मानिस हराइरहेका छन्। सडक भत्किएर धेरै आफन्तहरूले आफ्ना प्रियजनहरूको शव दाबी गर्न सकेका छैनन्।

प्रान्तीय उद्धार प्रवक्ताले एएफपीलाई बताएअनुसार, १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। शंगलामा पनि  धेरै मानिस हराइरहेको प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्दार खतकले बताएका छन्।

पाकिस्तान सरकारले २१ अगस्टसम्म उत्तर–पश्चिमका धेरै स्थानहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। यो वर्ष मनसुन शुरु भएदेखि अहिलेसम्म ६५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

पञ्जाब प्रान्तमा मात्रै गत वर्षभन्दा बढी वर्षा भएको र यो जुलाई महिनामै अघिल्लो वर्षको समग्र मनसुनभन्दा बढी मृतक सङ्ख्या दर्ता भएको जनाइएको छ।

विज्ञका अनुसार उत्तरी पाकिस्तानका हिमनदी द्रुत गतिमा पग्लिइरहेका छन् यसका कारण पहिरो र बाढीको जोखिम अझ बढेको छ।

सम्बन्धित समाचार