पेट्रोल छर्केर आगो लगाई किन गरिन् दमककी शोभाले आत्मदाहको प्रयास ?
दमक । झापाको दमकमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन् । आज दिउँसो ४:३० बजे दमक नगरपालिका-१ भानुभक्त चोक बस्ने मनोज साहकी श्रीमती ३० वर्षीया शोभाकुमारी साहले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर पेट्रोल आफ्नो शरीरमा छर्की आगो लगाएकी हुन् । घाइतेलाई दमक अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते शोभा मनोजको कान्छी श्रीमती हुन् । उनीहरूबिच केही समयदेखि घरायसी विवाद थियो । घटना विवरण अनुसार गत असार ३२ गते बिहान करिब ९ बजेको समयमा मनोजकी श्रीमती शोभा जेठी श्रीमतीकी छोरी सुरभिलाई लिएर बेपत्ता भएकी थिइन्। मनोजले आमाछोरी बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय दमकमा निवेदन पनि दिएकी थिइन् ।
आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभि भारतस्थित सिलीगुडीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेकी अवस्थामा फेला परेकी थिइन्। शोभाले नै सुरभिलाई त्यहाँ छाडेर गएको पार्कको सिसी टिभी फुटेजको आधारमा प्रहरीले पहिचान गरेको थियो । छोरी फेला परेपछि यहाँ र त्यहाँको कानुनी प्रक्रिया पूरा गरी मनोजले छोरीलाई लिएर आएकी थिइन् । तर, शोभा भने त्यहाँ फेला परेकी थिइन् । शोभा कहिले फेरि मनोजको घर फर्कियो त्यसमा बारेमा बुझ्न भने बाँकी छ ।
यो पनि पढनुहोस्