२०८३ बैशाख ४ गते , शुक्रबार

श्रीमतीद्वारा श्रीमानमाथि तेजाब प्रहार

sajilo news
ताप्लेजुङ
२०८२ भाद्र २ गते , सोमबार
श्रीमतीद्वारा श्रीमानमाथि तेजाब प्रहार

ताप्लेजुङमा घरायसी विवादलाई लिएर श्रीमतीले श्रीमानमाथि तेजाब प्रहार गरेकी छन् । आज दिउँसो १२ बजे ताप्लेजुङ मेरिङ्देन गाउँपालिका .२ सान्थाक्रा बस्ने ३५ वर्षीय खड्कबहादुर लोहारलाई उनकी श्रीमती ३६ वर्षीया अनिता लोहारले घरायसी विवादलाई लिएर तेजाब प्रहार गरेकी हुन् । घाइतेलाई आज साँझ जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भइरहेको छ ।

उनको अनुहार,दुवैपट्टिको खुट्टा,दाहिने हातको पाखुरा जलेको छ । तेजाब प्रहार गर्ने महिला घरमै रहेको बताइएको छ ।

सम्बन्धित समाचार