२०८३ बैशाख ४ गते , शुक्रबार

मोरङबाट मोटरसाइकल चोर्ने दुईजना भद्रपुरमा समातिए

sajilo news
झापा
२०८२ भाद्र ३ गते , मंगलबार
मोरङबाट मोटरसाइकल चोर्ने दुईजना भद्रपुरमा समातिए

झापा । भद्रपुरको मेची पुलमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरीगन्ज गाउँपालिका-५ निवासी २० वर्षीय रोम भन्ने प्रकाश यादव र बिर्तामोड नगरपालिका- १ निवासी २० वर्षीय ओमप्रकाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूले गत साउन ३० गते राति १२ बजे मोरङ जिल्ला रतुवामाई नगरपालिका-४ आमवारि चोक निवासी पुष्पमाया खतिवडाको घर कम्पाउन्डमा पार्किङ गरी राखेको ३० प ९६७७ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । मोटरसाइकल चोरी गरी भद्रपुरतर्फ ल्याएको भन्ने सूचनाको आधारमा सोमबार भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा खटिएका प्रहरीले चेकजाँचको उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

उनीहरूले चोरेको मोटरसाइकल भारततर्फ लैजान खोजेका थिए । यता मोटरसाइकलसहित पक्राउ परेका यादव र खड्कालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा मोरङ पठाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार