२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा औषधिजन्य लागूऔषधसहित दुईजना पक्राउ

sajilo news
झापा
२०८२ भाद्र ४ गते , बुधबार
झापामा औषधिजन्य लागूऔषधसहित दुईजना पक्राउ

झापाको गौरादहमा औषधिजन्य लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । nगएराति ९.३० बजे गौरादह नगरपालिका-५ आठ नम्बर बाँधमा प्रहरी चौकी महारानीझोडाबाट खटिएको गस्ती टोलीले बाटोमा शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गौरादह-५ बस्ने २१ वर्षीय समीर सिवा र सोही ठाउँ बस्ने २५ वर्षीय शङ्कर सन्थाल रहेका छन् ।

उनीहरूको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड २०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड २०० क्याप्सुल फेला परेको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार