२०८३ बैशाख ४ गते , शुक्रबार

नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ पक्राउ

sajilo news
काठमाडौं
२०८२ भाद्र ४ गते , बुधबार
नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ पक्राउ

नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ हिजो मंगलबार अपराह्न पक्राउ परेका छन् । गुरुङकी पूर्वपत्नीको जाहेरीमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङविरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगको मुद्दा परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार थुनामा राखिएको परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनले पूर्वपत्नीसँगै रहेकी छोरीलाई भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएपछि प्रतिकार गरेको बताएका छन् । गुरुङ र उनको पत्नी सुभद्रा दाहालले डीएसपी र दुईजना इन्स्पेक्टरकै अगाडिसमेत हातपातको समाचार बाहिर आएको थियो ।

सम्बन्धित समाचार