२०८३ बैशाख ४ गते , शुक्रबार

नयाँ दिल्लीको ५५ वटा विद्यालयमा बम राखेको धम्की आएपछि...

sajilo news
एजेन्सी
२०८२ भाद्र ५ गते , विहीबार
नयाँ दिल्लीको ५५ वटा विद्यालयमा बम राखेको धम्की आएपछि...

भारतको नयाँ दिल्लीको ५५ वटा विद्यालयमा बम राखेको धम्की आएपछि दिल्लीभर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । नयाँ दिल्लीको द्धारिका सेक्टरस्थित प्रसाद नगरमा रहेको विद्यालयमा बम रहेको धम्की आएपछी ती विद्यालयहरु खाली गरी सम्पुर्ण बिद्यार्थीहरुलाई घर फिर्ता पठाएको हो ।

भारतीय सञ्चार माधयमका अनुसार सो विद्यालयलाइ इमेल मार्फत बम रहेको जानकारी गराएपछि प्रहरीले खोजि अभियान शुरु गरेको छ । दिल्लीको अनुसन्धान विभागका अनुसार प्रसाद नगरमा रहेको आन्ध्र शिक्षा समाज वरिष्ठ माध्यमिक विद्यालय गरी अन्य ५३ वटा विद्यालयहरुमा एकसाथ बमको धम्की आएको हो ।

सर्च अभियानका क्रममा कुनै पनि विद्यालयमा बम नरहेतापनि झुठो अफवाह फैलाउनेको खोजी कार्य जारी राखेको दिल्ली प्रहरील जनाएको छ । यसअघि गत अगस्ट १८ मा, दिल्लीका ३२ वटा विद्यालयहरुलाई यस प्रकारमो धम्की आएको थियो । गत वर्ष मे महिनामा पनि विद्यालयहरुले बम राखेको मेलहरू पठाउँदा आतंक मच्चिएको थियो ।

सम्बन्धित समाचार