२०८३ बैशाख १० गते , विहीबार
ताप्लेजुङ आठराईका वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि कुटपिट
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– २ का वडाध्यक्ष एवं नेकपा एमालेका ताप्लेजुङ जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि सांघातिक हमला भएको छ ।
हिजो साँझ ६ः३० बजे ताप्लेजुङ फुङलिङ नगरपालिका –४ तोक्मेडाँडामा सेन्दाङमाथि ४–५ जनाको सङ्ख्यामा आएका युवाहरूको समूहले एक्कासि कुटपिट गरेका हुन् । ती युवाहरूको परिचय खुलेको छैन ।
घाँटीलगायत शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका वडाध्यक्ष सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । वडाध्यक्ष सेन्दाङ पूर्व प्रहरी पनि हुन् ।
कुटपिट संलग्न व्यक्तिहरू तत्काल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।