२०८३ बैशाख ८ गते , मंगलबार
मेचीनगरमा ब्राउन सुगरसहित दाजुभाइ पक्राउ
झापाको मेचीनगरमा लागूऔषध ब्राउन सुगरसहित दाजुभाइ पक्राउ परेका छन् । शनिवार साँझ ७ बजे मेचीनगर नगरपालिका–१० पाथीभरा टोलस्थित बाँसघारीमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमान्डमा खटिएको टोलीले सोही ठाउँका २८ वर्षीय लुङगा भन्ने सन्दीप लिम्बूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकबाहेक ४ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
सँगै रहेका उनका भाइ २४ वर्षीय अर्जुन लिम्बू समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक थप अनुसन्धान भइरहेको जनाइएको छ ।