२०८३ बैशाख १० गते , विहीबार

व्यक्तिगत रिसिबीका कारण वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण, घटनामा संलग्न तरुण दलका कार्यकर्ताहरु फरार

sajilo news
ताप्लेजुङ
२०८२ भाद्र ८ गते , आईतबार
व्यक्तिगत रिसिबीका कारण वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण, घटनामा संलग्न तरुण दलका कार्यकर्ताहरु फरार

व्यक्तिगत पुरानो रिसिबीका कारण तरुण दलका कार्यकर्ताहरूले ताप्लेजुङको आठराईत्रिवेणी–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि सांघातिक आक्रमण गरेको घटना खुलेको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका ४२ वर्षीय सेन्दाङलाई शनिबार साँझ ६:२० बजे फुङलिङ –४ तोक्मेडाँडामा फुङलिङ बस्ने वर्ष १६–१८ का मिथुन पालुङवा लिम्बू, मन्दीप लिम्बू, हेम आङबुहाङ, विशाल तामाङ लगायत १०–१२ जनाको युवाहरूको समूहले सांघातिक आक्रमण  गरेका थिए । हाल उनीहरू सबै फरार छन् ।

आज बिहान ६:५५ बजे घाइते वडाध्यक्ष सेन्दाङलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई भर्ना गरिएको छ । उनको टाउकोको पछाडिको भागमा चोट लागेको छ भने घाँटी र घुँडा सामान्य पिल्सिएको छ । वडाध्यक्ष सेन्दाङ पूर्व प्रहरी कर्मचारी पनि हुन् । 

गत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष टेकेन्द्र सेन्दाङको समूहले चुनावी प्रचारप्रसारको दौरानमा मन्दीप लिम्बूलाई कुटपिट गरेका थिए । सोही पुरानो रिसिबीका कारण सेन्दाङमाथि मन्दीपलगायतले आक्रमण गरेको बताइएको छ । ती युवाहरू कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम निकट हुन् । उनीहरू नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल आबद्ध रहेको बुझिएको छ ।

सम्बन्धित समाचार