२०८३ बैशाख ८ गते , मंगलबार

सुटकेसमा शव फेला परेको रुबी हत्याकाण्डका मुख्य आरोपी पक्राउ

sajilo news
काठमाडौं
२०८२ भाद्र ११ गते , बुधबार
सुटकेसमा शव फेला परेको रुबी हत्याकाण्डका मुख्य आरोपी पक्राउ

रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ परेका छन्। आफूले आफैँलाई आगो लगाएको अवस्थामा हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवान पक्राउ परेका हुन्।

रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ स्थित माधवपुरको बाटोमा आफूले आफैंलाई आगो लगाएको अवस्थामा पासवान पक्राउ परेका हुन्। 

स्थानीय एक युवाले आफूले आफैँलाई आगो लगाएर घाइते भएको भन्दै प्रहरीमा खबर पुगेपछि तत्काल घटनास्थलमा प्रहरी पुग्दा उनी रुबि हत्याकाण्डका प्रमुख अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्रमणि गिरीले जानकारी दिए।

आफूले आफैँलाई आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीय रुबी कुमारी साहको गत शनिबार हत्या भएको थियो। उनको सब सुटकेसमा फेला परेको थियो।

सम्बन्धित समाचार