२०८३ बैशाख ८ गते , मंगलबार
मेचीनगरमा १०० ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ
मेचीनगरमा १०० ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर –८ गिरीगाउँमा इटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेको मे ११ प ४२३३ नं.को मोटरसाइकलका चालक मेचीनगर-८ बस्ने ३२ वर्षीय अजय मेचे र पछाडि सवार भारत नक्सलबारी बस्ने ३० वर्षीय टान्टु भन्ने कनकन राहलाई शङ्का लागेर चेकजाँच गर्दा राहले हातमा बोकेको कालो रङ्गको प्लाष्टिको झोलामा एउटा पोका फेला परेको थियो ।
उक्त पोकालाई खोली हेर्दा प्लास्टिकबाहेक १०० ग्राम १०० मिलिग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल र लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।