२०८३ बैशाख ५ गते , शनिबार

वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा मेचीनगरका राई पक्राउ

sajilo news
झापा
२०८२ कार्तिक ९ गते , आईतबार
वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा मेचीनगरका राई पक्राउ

वैदेशिक रोजगार ठगी गरेको आरोपमा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर – ६ काँकडभिट्टा बस्ने ४३ वर्षीय मिलनकुमार राई रहेका छन् । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँको गत असोज २३ गतेको पत्र अनुसार वैदेशिक रोजगार ठगी मुद्दामा राईलाई गत सोमवार पक्राउ गरिएको थियो ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएकोमा थप आवश्यक कारबाईको लागि हिजो वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ 

सम्बन्धित समाचार