२०८३ असार २ गते , मंगलबार
बीएण्डसी मेडिकल कलेजको छतबाट झरेर एक जना घाइते
मेचीनगर –१२ माथिल्लो धाइजनस्थित निर्माणाधीन बीएण्डसी मेडिकल कलेजको छतबाट झरेर एक कामदार घाइते भएका छन् ।
हिजो दिउँसो ४ः३० बजे निर्माणाधीन बीएण्डसी मेडिकल कलेजको भवनमा काम गर्दै गरेका कामदार दाङ राप्ती गाउँपालिका –७ बस्ने ३० वर्षीय सुशील चौधरी एक तला माथि पिलर बनाउने क्रममा एक्कासि छतबाट झरेर घाइते भएका हुन् । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको देब्रे खुट्टा भाँचिएको जनाइएको छ ।