झापाको गौरादहमा १६ जना जुवाडे पक्राउ
झापाको गौरादहमा १६ जना जुवाडे पक्राउ परेका छन् । गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा गएराति प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमध्ये विनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रास्वपा गौरादह नगर सभापति जगत अधिकारी गौरादह–३, गौरादह रास्वपा ४ नम्बर वडा सभापति युवराज खड्का , भरत कार्की, हृदय सुवेदी, टंक बराल ९सुन व्यवसायी०, राम फुयाँल, केदार मगर,नवराज भट्टराई , रोशन खत्री , विनोद अधिकारी, गौरादह ५ ९तोडफोड आगजनीमा संलग्न०, दुर्गा पौडेल, मकर अधिकारी , अशोक काफ्ले , अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ र दिलबहादुर मगर रहेका छन् ।