२०८३ बैशाख ३ गते , विहीबार

अमेरिकामा कार्गो विमान दुर्घटना, सातजनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ कार्तिक १९ गते , बुधबार
अमेरिकामा कार्गो विमान दुर्घटना, सातजनाको मृत्यु

अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ।  

दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि  विमानमा आगो लागेको  र नजिकैका व्यावसायिक प्रतिष्ठानहरू पनि क्षति पुगेको छ। अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार स्थानीय समय अनुसार दिउँसो १ : १५ बजे विमान दुर्घटना भएको हो।

सम्बन्धित समाचार