२०८३ असार २ गते , मंगलबार
रिहा भए दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्चको आदेशलगत्तै रिहा भएका छन्। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज उक्त आदेश दिएको थियो।
सर्वोच्चले मंसिर ६ गते सरकार र प्रसाईं समर्थकका बीचमा शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन जारी हुने आदेश गरेको हो ।