२०८३ असार २ गते , मंगलबार

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ पौष ३ गते , विहीबार
झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। 

मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक हुनसक्ने आशंका रहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत शनिबार मात्र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्ती आक्रमणबाट मृत्यु भएको थियो । 

सम्बन्धित समाचार