२०८३ असार २ गते , मंगलबार

पाथीभरा क्षेत्रमा हिमपात

sajilo news
रासस
२०८२ पौष २० गते , आईतबार
पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिजो साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।

“पाथीभरा क्षेत्रमा हिजो बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ”, पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने ।

यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो । केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो ।

सम्बन्धित समाचार