२०८३ असार २ गते , मंगलबार
झापा ल्याउँदै गरेको ५७ हजार डलरसहित एक पक्राउ
सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ परेका छ्न्। काठमाडौंबाट झापा जाँदै गरेको बसमा गएराति राति जाँच गर्दा झापाका युवराज नेवारको झोलाबाट उक्त डलर भेटिएको प्रहरी स्रोतले जनाएको छ।
यो रकम ८२ लाखभन्दा धेरै नेपाली रुपैयाँ हुन आउँछ। रकम किन झापा लगिँदै थियो भन्नेबारे सिन्धुली प्रहरीले थप अनुसन्धान गरिरहेको छ।