२०८३ बैशाख ३ गते , विहीबार

मेची राजमार्गमा पहिरोले ट्रक पुरियो

sajilo news
इलाम
२०८२ चैत्र १५ गते , आईतबार
मेची राजमार्गमा पहिरोले ट्रक पुरियो

इलामको रोङ गाउँपालिका-४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुख्खा पहिरो झरी इलामबाट झापातर्फ आउँदै गरेको ट्रक पुरिएको छ ।

आज साँझ ६ः०४ बजे प्रदेश १–०१–००१ ख ४३३४ नं. को गोलिया बोकेको ट्रक पुरिएको हो । पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा मानवीय क्षति नभएको र बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

सम्बन्धित समाचार