लमजुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा लमजुङको मर्स्याङदी गाउँपालिका-७ उस्ता की ४० वर्षीया त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन्।
बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङादीमा दुर्घटना भएको थियो। जिप सडकदेखि करिब ५०/६० मिटर तल खसेको थियो।
घाइतेहरूलाई प्रदेश अस्पताल लमजुङमा लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
घाइतेहरूमा जिप चालक २९ वर्षीय करण अधिकारी, ४० वर्षीया बिमला देवी घले, ६२ वर्षीय सन्त बहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ , ११ वर्षीय रितेश गुरुङ, १० वर्षीया प्रिसिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले, ९ वर्षीय इन्द्र गुरुङ र ४८ वर्षीय रुद्रमान घले रहेका छन्।
घाइतेमध्ये ३३ वर्षीया रिता गुरुङ र ७ वर्षीय सफल गुरुङलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।