२०८३ बैशाख ३ गते , विहीबार
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा, बिहान ९ बजेदेखि सरकारी कार्यालय लाग्ने
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा दुई दिन बिदा दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पेट्रोलियम आपूर्तिमा उत्पन्न समस्याका कारण चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय भएको प्रवक्ता पोखरेलको भनाइ छ। त्यस्तै शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।