२०८३ बैशाख ३ गते , विहीबार
इलाममा किर्नाको टोकाइबाट एक बालकको मृत्यु
इलाममा किर्नाको टोकाइबाट एक बालकको मृत्यु भएको छ । माई नगरपालिका –१० लुम्बाकको हिमालय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सन्तोष रम्तेलको किर्नाको टोकाइबाट मृत्यु भएको हो । बिरामी परेपछि उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा हिजो निधन भएको हो ।
ती बालकलाई किर्नाले टोकेर चैत १४ गते ज्वरो आएपछि बीएण्डसी अस्पताल भर्ना गरिएको र हिजो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।