२०८३ बैशाख ३ गते , विहीबार
इलाममा कुखुराको मासुको हड्डी घाँटीमा अड्किएर वृद्धको मृत्यु
इलामको देउमाई नगरपालिका-८ आमबोटेका ६० वर्षीय मनबहादुर मगरको कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ । आज बिहान ९ः४५ बजे मगरले सोही ठाउँ बस्ने छिमेकी रामबहादुर मगरको घरमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किए उनको मृत्यु भएको हो । अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय मङ्गलबारे टोली गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।