२०८३ बैशाख ३० गते , बुधबार
गोठमा आगो लाग्दा सात बाख्रा र एउटा गाई जलेर मरे
झापा । मोरङ बुढिगंगा गाउँपालिका ६ कोयलपुरका जङ्ग बहादुर तामाङको गाई गोठमा आगलागी भएको छ । गोठमा आगो लाग्दा सात वटा बाख्रा र एउटा गाईको जलेर मृत्यु भएको छ । दुई वटा बाख्रा र एउटा गाई घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान २ बजे तामाङको गाई गोठमा आगलागी भएपछि तत्काल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । गाई गोठमा लामखुट्टे भगाउन बालेको घुरबाट आगो सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीबाट अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।