२०८३ बैशाख ३१ गते , विहीबार
मेचीनगरमा लहरीसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
झापा । मेचीनगरमा रोकिराखेको लहरीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मेचीनगर १० टिकापुरस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साइडमा बिग्रिएर रोकिराखेको आरजे ०६ जीवी ५४२४ नम्बरको भारतीय लहरी ट्रकको पछाडि ठक्कर खादा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मेचीनगर १२ बस्ने ३० वर्षीय कुजैहाङ लिम्बु घाइते भएको र उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा राति ९.४० बजे मृत्यु भएको हो । ट्रक चालक तत्काल सम्पर्कमा नरहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।