२०८३ बैशाख ३१ गते , विहीबार

बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, अधिकांश क्षेत्रमा पानी पर्ने

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ३० गते , विहीबार
बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, अधिकांश क्षेत्रमा पानी पर्ने

काठमाडौं । अहिले देशका अधिकांश स्थानको मौसम बदली भई बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ। 

दिउँसो बागमती र गण्डकीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकामा दिउँसो पनि पानी पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। पछिल्लो १९ घन्टामा उपत्यकामा ४ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको उनले बताइन्। केहि दिनदेखि देशका धेरैजसो। स्थानमा बदली भएको मौसम आगामी शनिबारदेखि क्रमिक रुपमा सुधारिने महाशाखाले अनुमान गरेको छ। 

हाल पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा र बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।

सम्बन्धित समाचार