२०८३ बैशाख ३१ गते , विहीबार

सुनसरीमा लकडाउन कडा बनाउन सेना परिचालन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १ गते , शनिबार
सुनसरीमा लकडाउन कडा बनाउन सेना परिचालन

झापा । सुनसरीमा लकडाउन कडा बनाउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ । जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दा लकडाउन कडा नभए पश्चात जिल्लामा नेपाली सेना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

सुनसरीको धरान, इटहरी र इनरुवामा लकडाउन उंल्लंघन गर्नेको संख्या बृद्धि भएसंगै सेना परिचालन गरी पूर्ण लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

सुनसरीको मूख्य बजारहरु धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकामा नेपाली सेनाले दैनिक गस्ती गरी लकडाउनमा रचनात्मक भुमिका निर्वाह गर्ने पनि ढकालले जानकारी दिए।

डिसिसिएमसी सुनसरीको बैठकले आज देखि जेठ १५ गते सम्म मेडिकल बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । लकडाउन उल्लंघन गर्नेहरुलाई संक्रामक रोग निवारण ऐन अनुसार पक्राउ गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार