२०८३ बैशाख ३१ गते , विहीबार

बुद्धशान्तिको सामुदायिक अस्पताललाई निःशुल्क एम्बुलेन्स

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १ गते , शनिबार
बुद्धशान्तिको सामुदायिक अस्पताललाई निःशुल्क एम्बुलेन्स

(अनिल वाग्ले) झापा । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले आफूहरूलाई नोबेल हस्पिटल बिराटनगरका संचालक डा. सुनिल शर्माद्वारा प्राप्त भएको एम्बुलेन्स झापाको बुद्धशान्तिमा समुदायबाट संचालित रहेको महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण गरिएको जनाएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका डा। सुनिल शर्माले आर्थिक रुपमा बिपन्न जनतालाई सहयोग पुगोस् भनेर नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ लाई निशुल्क एम्बुलेन्स प्रदान गरेका थिए । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ ले सो कुरालाई मद्यनजर गर्दै समुदायबाट संचालित महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण गरिएको सभापति मैनालीले बताए ।

अस्पतालकी अध्यक्ष बिष्णु मैनालीले एम्बुलेन्स आफूहरूलाई प्रदान गरेकोमा डा। शर्मा र नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ लाई धन्यवाद दिएकि छिन् ।

सम्बन्धित समाचार