२०८३ बैशाख १५ गते , मंगलबार

थप १६०३ मा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार २० गते , आईतबार
थप १६०३ मा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय थप एक हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले २४ घण्टामा ८ हजार एक सय ३२ जनामा कोरोना परीक्षण गरेको जानकारी दिए।

कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ५२ जना कोरोनामुक्त भएको उनले बताए। काठमाडौं उपत्यकामा तीन सय  ४२ ललितपुरमा ८८ र भक्तपुरमा ३१ गरी कुल काठमाडौं उपत्यकाभित्र चार सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार