२०८३ असार ५ गते , शुक्रबार
चट्याङ लागेर दुईवटा चौपाया मरे
इलाममा वर्षासँगै परेको चट्याङले लागेर दुई वटा चौपाया मरेका छन् । आज बिहान ३ बजे वर्षासँगै परेको चट्याङले सन्दकपुर गाउँपालिका- १ भित्ते बस्ने धनबहादुर राईको घरनजिकै गोठमा बाँधिराखेको एउटा गाई र सुँगुर खोरमा रहेको १ वटा सुँगुरको पाठा मरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।